काठमाडौँमा आज जोर नम्बरका गाडी मात्रै चल्ने
काठमाडौँ । काठमाडौँ उपत्यकामा बिहीबार जोर नम्बरका गाडी मात्रै चल्न पाउने छन् । सरकारले बिमस्टेक सम्मेलन चलिरहँदा काठमाडौँको ट्राफिक व्यवस्थापन गर्न भदौ १३, १४ र १५ गतेसम्म जोर–विजोर प्रणालीमा सवारी चलाउने निर्णय गरे अनुसार बिहीबार जोर नम्बर प्लेट भएका गाडी मात्रै चल्न पाउने छन् ।
ट्राफिक प्रहरी महाशाखाका अनुसार १३ र १५ गते विजोर नम्बरका गाडी चल्न पाउनेछन भने १४ गते (बिहीबार) जोर नम्बरका गाडी चल्न पाउनेछन् । नम्बर प्लेटको अन्तिम अंकका आधारमा जोर–विजोर लागु हुनेछ ।
१३ र १५ गते विजोर अर्थात सवारी साधनको नम्बर प्लेटको अन्तिम अंक १, ३, ५, ७ र ९ भएका गाडी चलाउन पाइनेछ भने १४ गते सवारी साधनको नम्बर प्लेटको अन्तिम अंक ०, २, ४, ६ र ८ भएका गाडी चलाउन पाइनेछ ।
प्रतिक्रिया दिनुहोस्