बिमस्टेक मन्त्रीस्तरीय बैठक : ‘ग्रीड ईन्टरकनेक्सनको समझदारीपत्रमा हस्ताक्षरको तयारी’

काठमाडौँ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेकको चौथो शिखर सम्मेलनको मन्त्रीस्तरीय बैठक काठमाडौंमा सुरु भएको छ ।

काठमाडौंस्थित होटल सोल्टीमा सुरु भएको बैठकमा सदस्य राष्ट्रका विदेश सचिवको बैठकले अन्तिम रुप दिएको समझदारी पत्रलाई छलफलपछि विदेशमन्त्रीस्तरीय बैठकले अनुमोदन गर्नेछ  ।

मन्त्रीस्तरीय बैठकमा विद्युत लाइन प्रशारणको अन्तरदेशीय मार्ग बिमस्टेक ग्रिड ईन्टरकनेक्सनको समझदारीपत्रमा हस्ताक्षर गर्नेछन् ।

क्षेत्रीय लगानी, व्यापार, पारवहन तथा सञ्चार, प्रविधि, प्रति आतंकवाद तथा अन्तरदेशीय अपराध, कृषि, गरिबी निवारण र जनस्वास्थ्य गरी १४ मध्ये ७ विषयलाई प्राथमिकतामा राखेर छलफल अगाडि बढाईएको छ ।

आज बस्ने बैठक बिमस्टेकको १६ औँ मन्त्रीस्तरीय बैठक हो ।

मन्त्रीस्तरीय बैठकको अध्यक्षता पनि नेपालले आजै हस्तान्तरण गर्नेछ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा हुने बस्ने आजको बैठकमा सदस्य देशका परराष्ट्ररबाह्य मामिला र विदेशमन्त्रीले सम्बोधन गर्नेछन् ।

मन्त्रीस्तरीय बैठकमा बंगलादेशका विदेशमन्त्री अबुल हसन महमुद अलि, भारतका बाह्य मामिला राज्यमन्त्री भिके सिंहले गर्नेछन् भने म्यान्मारका अन्तर्र्रािष्ट्रय सहयोगसम्बन्धी सङ्घीय मन्त्री क्याव तिन, श्रीलङ्काकाका

राज्यमन्त्री बसन्ता सेनानायके, थाइल्यान्डका विदेशमन्त्री दोन प्रमुदविनय सहभागि छन् । त्यसैगरी भुटानका विदेश सचिव सोनाम छोङले आफ्नो मुलुकको प्रतिनिधित्व गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्