भारतीय प्रधानमन्त्री मोदीको हत्या गर्ने षड्यन्त्र रचेको आरोपमा क्रान्तिकारी लेखक राव पक्राउ

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हत्याको षड्यन्त्र रचेको भन्दै क्रान्तिकारी विचारधाराका लेखक तथा सामाजिक कार्यकर्ता वरवरा रावलाई महाराष्ट्र प्रहरीले गिरफ्तार गरेको छ ।

प्रधानमन्त्री मोदीको हत्या गर्ने षडयन्त्र रचेको र महाराष्ट्रको भिमा कोरेगावँ हिंसामा संलग्नता भएको आरोपमा रावलाई हैदराबादबाट पक्राउ गरिएको हो । हैदराबादमा रहेका रावका दुई जना छोरीको घरमा पनि महाराष्ट्र प्रहरीले छापा मारेको छ ।

मंगलबार नै अन्य ठाउँबाट समेत सामाजिक कार्यकर्ताहरुलाई हिंसा भड्काएको आरोपमा पक्राउ गरिएको छ । मुम्बईबाट वेरनोन जोञ्जालुइस र अरुण फरेरा, दिल्लीबाट गौतम नौलखा, फरिदाबादबाट सुधा भारद्वाजलाई गिरफ्तार गरिएको छ ।

सन् २०१८ को सुरुवातमा महाराष्ट्रको भीमा कोरेगांवमा दुई समुदायबीच भएको साम्प्रदायिक हिंसाको अनुसन्धानका लागि भन्दै पुणे प्रहरीले यो कारबाही थालेको हो ।

सामाजिक कार्यकर्ताको गिरफ्तारीपछि यसको सर्वत्र विरोध भएको छ ।

प्रतिक्रिया दिनुहोस्