नेपाल टेलिकमले इलाममा यस वर्ष ११ वटा टावर थप्ने

काठमाडौं । नेपाल टेलिकमले इलाममा यस वर्ष ११ वटा टावर थप्ने भएको छ ।

मोबाइलको नेटवर्कमा पटकपटक समस्या आउन थालेपछि टावर थप गर्ने तयारी गरिएको नेपाल टेलिकम इलामका प्रमुख पंकज शाहले जानकारी दिए ।

इलाममा अहिले ३१ वटा टावर मार्फत टेलिकमले सेवा दिँदै आएको छ ।

टेलिकमले इलामको दानावारी, गजुरमुखी, गोर्खे, जसविरे, पुवामझुवा, शान्तिडाँडा, जितपुर, फाकफोक, इलामबजार लगायतका स्थानमा विटीएस टावर स्थापना गर्न लागेको शाहले बताए ।

इलाममा गत वर्ष ५ वटा टावर थप गरिएको थियो । टावर स्थापनाका लागि तीनवटा कम्पनीलाई ठेक्का दिइएको छ ।

अहिले स्वीकृत टावरमध्ये विद्युत् नपुगेको स्थानमा सोलार प्रविधिबाट सेवा प्रदान गर्ने बताइएको छ ।

यो सेवा विस्तारपछि अधिकांश स्थानमा टुजी सेवा र केही स्थानमा थ्री जी सेवा उपलब्ध गराउने योजना टेलिकमले बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्