काठमाडौंमा आज बिजोर नम्बरका गाडी मात्र चल्न पाउने
काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेक सम्मेलनका लागि बुधबारदेखि काठमाडौं उपत्यकामा जोर बिजोर अंकका आधारमा मात्र गाडी चल्न पाउने भएका छन् । यसअनुसार आज बुधबार बिजोर नम्बरका गाडी मात्र चल्न पाउँछन् ।
बुधबारदेखि र शुक्रबारसम्म सबै निजी तथा भाडाका गाडीमा जोर बिजोर प्रणाली लागू भएको हानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । बुधबार र शुक्रबार बिजोर नम्बर भएका गाडी र बिहीबार जोर नम्बरका गाडी मात्र चल्न पाउनेछन् ।
अन्तिमका २ अंकका आधारमा जोर र विजोर गणना हुनेछ । बिमस्टेक बैठकको अवधिमा सवारी आवागमन सहज बनाउन जोर बिजोर प्रणाली लागू गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्