बिमस्टेकको सचिवस्तरीय बैठक सम्पन्न : सुरक्षा र लगानीका बारेमा छलफल
काठमाडौँ । बिमस्टेकको सचिवस्तरीय बैठक सम्पन्न भएको छ । बिमस्टेकमा आवद्ध सात वटै देशका सचिवले सुरक्षा र लगानीका बारेमा छलफल गरेका छन् ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले अहिले मुख्य १४ वटा एजेन्डामा छलफल भएको र बताउँदै एजेन्डा धेरै भएकैले यसलाई मर्ज गर्न सुझाव दिने निर्णय भएको बताए ।
बैठकमा विद्युत ग्रीडको कनेक्टिभिटीका बारेमा एमओयू गर्न मस्यौदा पारित भएको र सम्मेलनमा हस्ताक्षर हुने मुख्य सहमति भएको प्रवक्ता पौडेलले जानकारी दिए।
बिमस्टेकको चार्टर अथवा बडापत्र बनाउनको लागि मस्यौदा बनाउन छलफल गर्ने सहमति पनि सचिवस्तरीय बैठकमा भएको छ ।
साथै विकास र साझेदारीका क्षेत्र पहिचान गर्ने पनि छलफल भएको पत्रकार सम्मेलनमा परराष्ट्रका प्रवक्ता भरतराज पौडेलले जानकारी दिएका छन ।
प्रतिक्रिया दिनुहोस्