विप्लव माओवादीकी केन्द्रीय पोलिटब्युरो सदस्य उमा भुजेल पक्राउ

काठमाडौ‌।  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) की केन्द्रीय पोलिट व्यूरो सदस्य उमा भुजेल पक्राउ परेकी छन्।

गत वैशाख १ गते काभ्रको नमोबुद्ध नगरपालिका ६ स्थित एक पलमा आगजनी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो। आगलागीबाट उक्त पसलमा १० करोड रुपैयाँभन्दा बढी क्षति भएको बताइएको छ।

आगजनीमा संलग्न रहेकाको प्रहरीले खोजी गरिरहेको थियो। प्रहरीको खोजीपछि फरार रहेकी उमा भुजेल पक्राउ मंगलबार पक्राउ काभ्रे प्रहरीका एस पी रविराज खड्काले बताए।

भुजेललाई टेकुस्थित काठमाडौं प्रहरी कार्यालयमा राखिएको बताइएको छ। सोही मुद्दामा संलग्न रहेका विप्लव अझसम्म फरार रहेका छन्। जनयुद्धका बेला गोरखा जेल ब्रेक गरेर भुजेल चर्चामा आएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्