शहीद परिवारलाई प्रदेश नम्बर २ सरकारले दियो रोजगारी

काठमाडौं।  तेस्रो मधेश आन्दोलनका प्रथम शहीद राजीव राउतकी श्रीमती निलम देवी राउतलाई प्रदेश सरकारले रोजगारी दिएको छ ।

प्रदेश सरकारको पहिलो मन्त्री परिषदको बैठकले प्रत्येक शहीद परिवारलाई रोजगारी दिने गरेको निर्णय अनुरुप प्रदेश मुख्य न्यायधिवक्ताको कार्यालयमा उनलाई नियुक्ति दिइएको हो ।

आज एक कार्यक्रमका बीच मुख्यमन्त्री लालबाबु राउतले निलम देवी राउतलाई सो नियुक्तिपत्र हस्तान्तरण गरे ।

नियुक्ति पत्र हस्तान्तरण समारोहमा मुख्यमन्त्री राउतले प्रत्येक शहीद परिवारलाई योग्यता र क्षमताको आधारमा रोजगारी दिने बताए । उनले भने ,‘हामीले आह्वान गरिसकेका छौ । जति शहीद परिवार सम्पर्कमा आउनु हुन्छ, सबैलाई योग्यता र क्षमताको आधारमा रोजगारी दिन्छौ ।

यसअघि सोही कार्यालयमा अर्का शहीद राम विवेक यादवकी श्रीमति अनिला यादवलाई समेत रोजगारी दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्