२० हजार घुससहित एक कर्मचारी पक्राउ

काठमाडौैं।   घुस लिएलगत्तै एक कर्मचारी पक्राउ परेका छन्।

नेपाल विद्युत प्राधिकरण केन्द्र, भरतपुर वितरण केन्द्र, चितवनका कार्यालय सहयोगी कृष्णबहादुर सुवेदीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो।
विद्युत प्रशारण लाइनको पोल मर्मत कार्य गर्ने सिलसिलामा सेवाग्राहीसँग उनले २० हजार रुपैयाँ घुस लिएका थिए।

 अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिएको टोलीले भरतपुर महानगरपालिका– ७ स्थित जीवनज्योती मिनरलवाटर एण्ड बेभरेज ईन्डष्ट्रिजबाट सोमबार उनलाई रंगेहात पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्