निर्मलाकाे हत्यामा यस्ता छन् प्रहरीले लुकाउन खोजेको तथ्यः अब प्रहरी नै अनुसन्धानको घेरामा

काठमाडौँ । दोलखाका ८२ वर्षीय एक वृद्धले मुलुकी देवानी (संहिता) मा टेकेर ७६ वर्षीया पत्नीविरुद्ध सम्बन्धविच्छेदको निवेदन दर्ता गराएका छन्। ती वृद्धवृद्धा एकदशकदेखि अलग्गिएर बस्थे । दुवै जनाका अनुसार ५ वर्षदेखि साथै बसे पनि बोलचाल थिएन।

सम्बन्धविच्छेद गर्न नयाँ कानुन देवानी (संहिता) ले पुरुषलाई पनि अदालती ढोका खुलेपछि आफूले उक्त कदम उठाएको वृद्धले बताएका खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

‘नयाँ ऐन कुरेर बसेको थिएँ,’ दोलखा जिल्ला अदालत परिसरमा उनले भने, ‘८२ वर्षको उमेरमा आएर बल्ल इच्छा पूरा भयो।’

यही भदौ १ गतेदेखि लागू भएको नयाँ ऐनको अधिकार प्रयोग गर्दै साताभित्र चार जना पुरुषले जिल्ला अदालतमा सम्बन्धविच्छेदको निवेदन दिएका छन् । ऐन लागू भएकै दिनदेखि पुरुषहरूले सम्बन्धविच्छेदको निवेदन दर्ता गराउन थालेको न्यायाधीश कमलराज विष्टले बताए।

यसअघिको मुलुकी ऐनमा पुरुषले सीधै अदालतमा सम्बन्धविच्छेदको निवेदन दिने व्यवस्था थिएन । स्थानीय तहमा निवेदन गर्दै घुमाउरो प्रक्रिया पार गर्नुपर्थ्यो । तीन महिनाभित्र मेलमिलाप हुन नसके मात्रै अदालत पठाइन्थ्यो।

न्यायाधीश विष्टका अनुसार हालसम्म सम्बन्धविच्छेद गर्न आएका सबै पुरुषले कानुन पर्खेर बसेको बताएका छन् । नेपाली समाजमा पतिपत्नीबीचको सम्बन्धविच्छेदको घटना बाहिर आउँदा परिवारका अन्य सदस्यलाई चोट पुग्छ, असजिलो ठानिन्छ।

त्यसो हुँदाहुँदै गएको आर्थिक वर्षमा ७३ जना महिलाले दोलखा अदालतमा श्रीमान्‌सँग सम्बन्धविच्छेद गर्न मुद्दा दर्ता गराएका थिए।

नयाँ ऐन लागू भएयता भदौमा मात्रै ९ वटा सम्बन्धविच्छेदका घटना दर्ता भइसकेका छन् । तीमध्ये चार जना पुरुषले ‘पत्नीपीडित’ को जिकिर गर्दै मुद्दा दर्ता गराएका हुन्।

प्रतिक्रिया दिनुहोस्