यी २५ बर्षे युवतीले मासिक ९ लाख तलब बुझ्छिन, काम यस्तो छ

काठमाडौं । भनिन्छ जिवनमा सबैभन्दा ठुलो कुरा भनेकै पैसा हो । पैसा कमाउनकै लागि दिनरात मिहिनेत गरिन्छ तरपनि पैसाले मानीस कहिलेपनि पुग्दैन । पैसा जतिभएपनि कम पर्छ मानीसलाई ।

आफ्नो तलबबाट कोहिपनि सन्तुष्ट भएको देखिदैन । पैसा कमाउनमै पुरा जिवन लगाईरहेका हुन्छौ हामी । भारतमा एक २५ बर्षकी युवतीले महिनाको ९ लाख कमाउछिन् । सुन्दा झट्टै पत्याउन सकिदैन तर यो वास्तविक कुरा हो ।

भारतको बिहारकी मधुमिता कुमारलाई महिनाको ९ लाख तलब दिने गरी संसारकै ठूलो सर्च इन्जिन गुगलले नोकरीमा ज्वइन गरेको छ । गुगलले उनीसँग वार्षिक १ करोड ८ लाख भारु पाउने सम्झौता गरेको छ । मधुमिता सोमबारबाट आफ्नो नयाँ जिम्मेवारी सम्हाल्न गूगलको स्विट्जरल्याण्डस्थित कार्यालय पुगेकि छन् । उनी टेक्निकल सोल्यूशन ईन्जिनियर हुन् ।

उनले आफ्नो करियर एपीजी कम्पनीबाट सुरु गरेकी थिइन् । उनको बुवाका अनुसार उनलाई अमेज़न, माइक्रोसफ्ट र मर्सिडीज जस्तै कम्पनीहरुबाट समेत जागिरको प्रस्ताव आएको थियो ।

प्रतिक्रिया दिनुहोस्