बिमस्टेक बैठकका बेला काठमाडौंका गाडीमा जोर बिजोर प्रणाली लागू हुने

काठमाडौं । बिमस्टेक बैठकका बेला काठमाडौंका गाडीमा जोर बिजोर प्रणाली लागू हुने भएको छ । भदौ १३, १४ र १५ गते सबै निजी तथा भाडाका गाडीमा जोर बिजोर प्रणाली लागू हुने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

यसअनुसार १४ गतेका दिन जोर नम्बर प्लेटका गाडी तथा १३ र १५ गतेका दिन बिजोर नम्बर प्लेट भएका गाडी मात्र सञ्चालन हुन पाउनेछन् । गाडीको अन्तिम २ अंकको आधारमा जोर र विजोर छुट्याईने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बिमस्टेक बैठकको अवधिमा सवारी आवागमन सहज बनाउन जोर बिजोर प्रणाली लागू गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्