‘ट्राभलर एसिस्ट’सँग सरकारले माग्यो प्रमाण

काठमाडौँ । नेपाल आउने अमेरिकी, बेलायती र अस्ट्रेलियन पर्यटकको भ्रमणबिमा गराउँदै आएको दाबी गर्ने ‘ट्राभलर एसिस्ट’ सँग पर्यटन मन्त्रालयले फर्जी उद्धारमा संलग्न हेलिकप्टर कम्पनी, अस्पताल तथा ट्रेकिङ एजेन्सीका प्रमाण मागेको छ ।

उक्त कम्पनीले केही महिनायता नेपाली रेस्क्यु एजेन्टहरूले दाबी गरेको बिमा रकममा अनुसन्धान गर्दा ३० प्रतिशत हाराहारी फर्जी भेटिएको भन्दै आगामी सिजनदेखि नेपाल घुम्ने पर्यटकको बिमा रोक्ने चेतावनी दिएको थियो ।

कम्पनीका प्रतिनिधि डेनी केनले एक विदेशी समाचार एजेन्सी र सरकारलाई इमेलमार्फत यस्तो जानकारी गराएका थिए । मन्त्रालयले केनलाई यससम्बन्धी प्रमाण भए उपलब्ध गराएर सघाउन आग्रह गर्दै बिहीबार इमेल पठाएको हो ।

प्रतिक्रिया दिनुहोस्