कम्बोडियाका प्रतिपक्षी दलका प्रमुख नेतालाई जेल चलानको आदेश

काठमाडौं । कम्बोडियाका राजा नोरोदम सिहामोनीले प्रतिपक्षी दलका प्रमुख नेतालाई जेल चलान गर्ने आदेश जारी गरेका छन्।

सानो प्रतिपक्षी दल खमेर पावर पार्टीका नेता सौर्न सेरेइ राधालाई जेल चलानको आदेश भएको हो। दरबारको आदेशमा ४५ बर्षीय राधालाई पाँच वर्ष जेल सजाय तोकिएको उल्लेख गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

‘नरेशको आदेश कार्यान्वयन गराउने जिम्मेवारी प्रधानमन्त्री सम्देच टेचो हुन सेनको हुनेछ,’ आदेशमा राजाले लेखेका छन्।

शान्ति सुरक्षामा बाधा पुर्याएको भन्दै गत वर्ष जेल चलान गरिएका १२ जना विपक्षी बन्दीहरूलाई क्षमादान दिने विषयमा पनि प्रधानमन्त्री हुन सेनले राजासँग कुरा गर्ने बताएका छन्।

दक्षिणी केन्डाल प्रान्तमा बिहीबार आयोजित कपडा उद्योगका हजारौ कामदारहरूको भेलामा उनले कुनै वैदेशिक दबाबमा नपरी आफ्नै क्षमाभावले उनीहरूलाई क्षमादान गर्न लागिएको दाबी गरे।

प्रतिक्रिया दिनुहोस्