एम्बुलेन्ससमेत नभएका स्थानीय तहका प्रमुखलाई लाखौंको गाडी !

काठमाडौं । जनतालाई सुविधा दिने बाचा गरेर स्थानीय सरकारको बागडोर सम्हालेका जनप्रतिनिधि सर्वसाधारणका आधारभूत आवश्कतामा खर्चिनुपर्ने पैसा धमाधम आफ्नो  सुविधामा लगानी गरिरहेका छन् ।

स्थानीय तहको नेतृत्वमा पुग्नासाथ जनप्रतिनिधि आफ्नो सुविधा थप्ने ध्यायमा मात्रै भुल्दा परिवर्तन अनुभव गर्ने सर्वसाधारणको आशामा तुषारापात भएको छ ।

प्रदेश १ का अधिकांश पहाडी जिल्लाका गाउँमा अझै पनि भरपर्दो उपचार सुविधा छैन । विशेषज्ञ चिकित्सकको सेवा लिन वा गम्भीर बिरामीलाई अस्पताल भर्ना गर्न सदरमुकाम वा तराई लैजानुपर्ने बाध्यता छ । यस्ता दर्जनौं स्थानीय तह छन्, जहाँ हजारौं नागरिकका लागि आवश्यक पर्ने एम्बुलेन्स कतै छैन । तर वर्षदिन अघि चुनिएका जनप्रतिनिधिले भने स्थानीय तहको बजेटमा आफ्ना लागि महँगा महँगा गाडी किनेका छन् ।

ताप्लेजुङको मेरिङ्देन गाउँपालिकासँग एम्बुलेन्स छैन तर गाउँपालिकाका अध्यक्षका लागि ५७ लाख रुपैयाँ खर्चेर स्कार्पियो जिप खरिद गरिएको छ । –नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्