सिभिल मलमा सुपर सेल मेला, हरेक सामानमा छुटैछुट
काठमाडौं, भाद्र ७ । काठमाडौंको मुटु सुन्धारा स्थित सिभिल मलमा यहि भाद्र २ गतेदेखि सुपर सेल मेला लागेको छ ।
विगतमा पनि विभिन्न चार्डपर्व तथा अन्य अवसर पारी यस्ता मेला गर्दै आएको यस मल्टिनेशन मलले यस पटक पनि ग्राहकहरुलाई विशेष छुट दिने उदेश्यले सुपर मेला आयोजना गरेको हो ।
उक्त मेलामा लेडिज, जेन्स् तथा बच्चाका लागि आकर्षक जुत्ता, टी–शर्ट, शर्ट, ब्याग प्याक्स, ह्यान्ड व्याग, प्यान्ट लगायत अन्य धेरै सामानहरु ग्राहकहरूले ५० प्रतिशत सम्मको आकर्षक छुटमा खरीद गर्न सक्नेछन् ।
आयोजित मेलामा सिभिल मलमा आएका ग्राहकहरूलाई समेत उपहारहरू वितरण गरिने सिभिल मल व्यपार संघका अध्यक्ष विजय कुमार महर्जनले बताउनु भयो ।
यो मेला भाद्र २३ गतेसम्म चल्ने छ भने त्यस लगतै दशैंमेला पनि शुरु गरिने मलका मार्केटिङ्ग हेड अमिर ठकुरीले जानकारी दिनुभयो ।
सिभिल मल ग्राहकहरुलाई सपिङ्गको लागि सेन्टर पर्नुका साथै सबै सामानहरु एकै छानामुनी पाउने सुविधा सम्पन्न मल्टिनेशन मल मध्य एक हो ।
प्रतिक्रिया दिनुहोस्