कञ्चनपुरका सीडीअो र एसपी फेरिए

काठमाडौं। कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरण  चर्किदै गएपछि सरकारले  प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख फेरेको छ।  विस्तृत अनुसन्धान गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरे लगत्तै  प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का र  प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलाई फिर्ता बोलाइएको हो ।

खड्काका ठाउँमा तारानाथ अधिकारी र विष्टका ठाउँमा कुवेर कठायतलार्इ पठाइएको छ।

कारागार व्यवस्था विभागका महानिर्देशक हरिप्रसाद मैनालीको संयोजकत्वमा  छानविन समिति गठन भएको छ । समितिमा प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरु सदस्य छन्।
स्थानीयहरुले उच्च स्तरीय छानबिनको माग गरेपछि गृहले समिति गठन गरेको हो।

प्रतिक्रिया दिनुहोस्