कञ्चनपुरमा कर्फ्यू, गृहले बनायो छानविन समिति, एसपी हटाउने तयारी
काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याबारे विस्तृत छानविन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । कारागार व्यवस्था विभागका महानिर्देशक हरिप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन भएको हो । समितिमा प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरु सदस्य छन् । आफन्त तथा स्थानीयले उच्चस्तरीय छानबिन गर्न माग गरेपछि गृहले समिति गठन गरेकाे हो ।
पन्तको बलात्कार र हत्या गरेको आरोपमा प्रहरीले स्थानीय दिलिपसिंह बिष्टलाई पक्राउ गरेर सार्वजनिक गरेको थियो । त, प्रहरी अनुसन्धान निष्पक्ष नभएको र वास्तविक अभियुक्त पक्राउ नगरेको र झुठा व्यक्ति खडा गरेको भन्दै आन्दोलन चर्किएको छ । विहिबार आन्दोलन उग्र भएपछि प्रहरीले गोली चलाएको छ ।
गोली चल्दा १० जना घाईते भएका छन् । तनाव बढ्दै गएपछि स्थानीय प्रशासनले शुक्रबार बिहान आठ बजेदेखि साँझ ६ बजेसम्मका लागि समेत कर्फ्यू आदेश जारी गरेको छ ।
यस्तै, घटनाबारेको अनुसन्धान विवादित भएपछि कञ्चनपुरका एसपी दिल्लीराज बिष्टलाई हटाएर नयाँ एसपी पठाउने तयारी समेत गृहले गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्