पत्रकार रिजाल महासङ्घ सदस्यबाट निलम्बित
काठमाडौँ । नेपाल पत्रकार महासङ्घ बाँकेका साधारण सदस्य पत्रकार प्रमोद रिजाललाई निलम्बन गरिएको छ ।
महासङ्घ जिल्लाकार्यसमितिको बुधबार यहाँ बसेको बैठकले पत्रकार रिजालले फेसबुकमा महिला पत्रकारलाई अश्लिल भाषामा गालीगलौज गरेकाले निलम्बन गरेको हो ।
यसअघि शाखा अध्यक्ष ठाकुरसिंह थारूको अध्यक्षतामा बसेको बैठकले पत्रकार रिजाललाई निलम्बनका लागि केन्द्रमा सिफारिश गरेको थियो ।
यसअघि महासङ्घले पत्रकार विजय मल्ललाई फेसबुकमार्फत महासङ्घ र पदाधिकारीविरुद्ध अपमानजनक करा लेखेकोमा सदस्यताबाट निलम्बन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्