यस्तो छ नेपालमा सामाजिक सञ्जाल चलाउनेको तथ्यांक

काठमाडौंँ।  सामाजिक सञ्जाल मानिसलाई जोड्ने एउटा माध्यम मात्र नभएर युवादेखि ज्येष्ठ नागरिकका लागि समेत राम्रो साथी बनेसँगै नेपालमा यसको प्रयोग निकै बढेको छ । काममा व्यस्त मानिसलाई समाजिक गतिविधिसँग जोडिनेदेखि फुर्सदिला मानिसका लागि समय बिताउने राम्रो सामाजिक सञ्जाल बनेको आजको गोरखापत्र दैनिकमा खबर छापिएको छ ।
सामाजिक सञ्जाल प्रयोगकर्ताको तथ्याङ्क हेर्ने हो भने नेपालमा फेसबुकमात्र ९५ लाख ले चलाउँछन् । त्यसमध्ये राजधानीमा मात्र ५४ लाख फेसबुक अडियन्स इनसाइटमा उल्लेख छ । त्यस्तै फेसबुक प्रयोगकर्ता महिलाको तुलनामा पुरुषको सङ्ख्या निकै बढी छ ।

द सोसल मिडिया टुडेका अनुसार सन् २०१८ अप्रिल १५ सम्म नेपालमा इन्स्टाग्राम १२ लाख जनाले प्रयोग गरेको उल्लेख छ भने ट्वीटर दुई लाख ३० हजार तथा युट्युव तीन लाख ८० हजार जनाले प्रयोग गर्ने गरेको उल्लेख गरिएको छ ।
यसैगरी फेसबुक अडियन्स इनसाइटका अनुसार बुटवल, पोखरा, भरतपुर, लुम्विनी, विराटनगरमा क्रमशः छ लाख ७० हजार, पाँच लाख ९० हजार, तीन लाख ५० हजार, छ लाख ९० हजार, दुई लाख १० हजार जनाले फेसबुक चलाउने उल्लेख गरिएको छ ।
त्यस्तै महिला भन्दा पुरुषले बढी मात्रामा फेसबुक चलाउने गरेको सो साइटमा उल्लेख गरिएको छ जसमा महिला ३८ प्रतिशत तथा पुरुष ६२ प्रतिशतले प्रयोग गर्छन् । सामाजिक सञ्जाल प्रयोगकर्तामा महिला तर्फ १८ देखि २४ वर्ष उमेरको ५४ प्रतिशत तथा पुरुषतर्फ ४६ प्रतिशत रहेका छन् ।
महिला तर्फ २५ देखि ३४ उमेरकाले ३५ प्रतिशत तथा पुरुषतर्फ ३८ प्रतिशतले प्रयोग गर्छन् भने ३५ देखि ६५ वर्षभन्दा बढी उमेरका महिलाले ११ प्रतिशत र पुरुषतर्फ १६ प्रतिशतले प्रयोग गर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्