सूचनामा अंकुश लगाउँदै सरकार, सूचना पाउन सातवटा सर्त!

काठमाडौं । सरकारले कुनै पनि सूचना संकलनकर्तालाई सातवटा पुर्वसर्त पुरा गरेपछि मात्र सुचना उपलब्ध गराउने भएको छ ।

प्रतिनिधिसभामा दर्ता वैयक्तिक गोपनीयताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मा सातवटा पुर्वसर्त पुरा नगरीकन कसैले पनि सरकारी नियकायाट सुचना प्राप्त गर्न नसक्ने व्यवस्था छ ।

विधेयकम सुचना संकलन गर्ने समय, सुचनाको विषयवस्तु, प्रकृति, सुचना माग्नुको उदेश्य, सुचना परीक्षण विधि र प्रक्रिया, संकलित सुचना गोप्य राख्ने सुनिश्चितता र सुरक्षाका विषयमा सुचना माग गर्नेले पहिलो नै खुलाउनुपर्ने पुर्वसर्त राखिएको छ ।

कानुन व्यवसायीले यो विधेयकलाई संविधानको प्रतिकुल भएको बताएका छन् । वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले प्रस्तावित विधेयक संविधान प्रतिकुल भएको बताए ।

प्रतिक्रिया दिनुहोस्