नागरिकताको वितरण कठोर बनाउन माग गर्दै सभामुखलाई ज्ञापनपत्र

काठमाडौं । राष्ट्रिय जागरण परिषद्ले नागरिकताको विषयमा कठोरता अपनाउन माग गर्दै सभामुख कृष्णबहादुर महरालाई ज्ञापन पत्र बुझाएको छ। जागरण परिषद्, नेकपा माले र जनमोर्चाका प्रतिनिधिहरुले सभामुखलाई ज्ञापनपत्र बुझाएका हुन्।

नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ मा भएका विभिन्न प्रावधानहरुमा आपत्ति जनाउँदै परिषद्ले ज्ञापन पत्र बुझाएको हो।

नेपाल भारतसँगको खुला सिमानाका कारण विशिष्ट परिस्थितिमा रहेको देश भएकोले नागरिकताको वितरणलाई वितरणमुखि नबनाएर कठोरता आवश्यक रहेको भन्दै ज्ञापनपत्र बुझाइएको हो।

प्रतिक्रिया दिनुहोस्