केही दिन्अघि मात्रै खुलाइएको कलंकीको अण्डरपास बन्द, तत्काल खुल्ने नखुल्ने अनिश्चित
काठमाडौं । केही दिन्अघि मात्रै खुलाइएको काठमाडौं–कलंकीको अण्डरपास बन्द भएको छ ।
गएको २ गतेदेखि मात्रै सञ्चालनमा ल्याइएको अण्डरपास सरसफाईको लागि भन्दै बन्द गरिएको हो । तर अण्डरपास तुरुन्तै फेरि खुलाउने नखुलाउने भन्ने निश्चित भइसकेको छैन ।
चक्रपथ विस्तार आयोजनाका प्रमुख प्रकाशचन्द्र भण्डारीका अनुसार अण्डरपासको निर्माण कार्य नै बाँकी छ । अण्डरपास खुलाए पनि अत्यधिक धुलो उडेकाले सफाईका लागि बन्द गर्नु परेको उनले बताए ।
अण्डरपास कसरी चलाउने भन्ने बारे जानकारी नभए पनि बाटो खुलाउन हतार गर्दा समस्या भएको छ । गाडी चालकमा पनि अन्यौल बढेकाले बन्द गरिएको आयोजनाले जनाएको छ ।
आयोजनाका अनुसार त्यहाँ धुलो नउड्ने गरी पिच गर्न, ट्राफिक संकेत राख्न नै बाँकी छ । सँधै जाम भइरहने कलंकीमा अण्डरपास खुले पछि सहज हुने भनिए पनि तयारी नगरी सञ्चालनमा ल्याउँदा आयोजनालाई नै समस्या परेको छ ।
प्रतिक्रिया दिनुहोस्