किन खाेस्याे सरकारले प्रमुख निर्वाचन आयुक्त यादवकाे विभूषण ?

काठमाडाैं । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवकाे प्रसिद्ध प्रवल जनसेवाश्री विभूषण खोसिएको छ । सरकारले आयुक्त यादवलाई दिएको प्रसिद्ध प्रवल जनसेवाश्री विभूषण खोसेको हो ।

यादवसँगै ८ जनालाई गणतन्त्र दिवस २०७४ को अवसरमा घोषणा भएको विभूषणहरुमा प्रसिद्ध प्रवल जनसेवाश्री दिइने उल्लेख थियो । १४ साउन २०७५ मा बसेको मन्त्रिपरिषद् बैठकले विभूषण पाउनेहरुको नाम र क्रम संशोधन गरेको छ । तर, त्यसमा प्रमुख निर्वाचन आयुक्तको नाम छैन ।

गृह मन्त्रालयको प्रस्तावमा यो संशोधन भएको हो । आफ्नो प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि गृह मन्त्रालयले २९ साउनमा विभूषण पाउनेहरुको सूची सार्वजनिक गरेको छ ।

प्रसिद्ध प्रवल जनसेवाश्री पाउनेहरुमा ७ जनाको मात्र नाम छ । जबकि घोषणा हुँदा प्रमुख निर्वाचन आयुक्त यादवको नाम ८ जना थिए र यादवको नाम पाँचौं नम्बरमा थियो ।

यस विषयमा प्रमुख आयुक्त यादवले भने आश्चर्य छन् । उनले मेरो नाम त थियो । काटिएछ ?’ भन्दै अच्चम्मित परेका छन् ।

घोषणा हुँदा नाम भएको तर, अहिले काटिएकोबारे आफूलाई कुनै जानकारी नभएको यादवले बताए । विभुषण पाउनेहरुलाई भदौ १९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले विभुषित गर्ने कार्यक्रम छ । यसका लागि १७ गतेभित्र प्रवेश पत्र लिन गृह मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्