पूर्व प्रधानसम्पादक न्यौपानेको निधन
काठमाडौँ । गोरखापत्र दैनिकका पूर्व प्रधानसम्पादक रामचन्द्र न्यौपानेको निधन भएको छ ।
पूर्व प्रधानसम्पादक न्यौपानेको आज बिहान चार बजे काठमाडौँ महानगरपालिका–२६ लैनचौरस्थित निवासमा निधन भएको उनका भतिजा सन्तोष न्यौपानेले जानकारी दिए । चौरासी वर्षीय न्यौपाने पछिल्लो समय उच्च रक्तचापबाट ग्रसित थिए ।
न्यौपानेले गोरखापत्र संस्थानमा करीब तीन दशक विभिन्न पदमा रहेर काम गर्नुभएको थियो । पछिल्लो समय उनी साप्ताहिक जनसत्ताका प्रधानसम्पादक थिए ।
न्यौपानेका दुई श्रीमती, तीन छोरी र दुई छोरा छन् । न्यौपानेको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्