रसुवागढी जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माणको काम सम्पन्न!
काठमाडौं । १ सय ११ मेघावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माणको काम सम्पन्न भएको छ ।
रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ मा निमार्णाधीन जलविद्युत् आयोजनाको सुरुङ निर्माणको काममा ब्रेक थ्रु भएको हो ।
निर्माणको जिम्मा पाएको चाईना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रोनिक कर्पोरेसनले निर्माण सुरु गरेको चार वर्षमा ४ हजार १ सय ८४ मिटर सुरुङ निर्माण सकेको रसुवागढी जलविद्युत् कम्पनी लिमिटेडका कार्यकारी निर्देशक माधब कोइरालाले जानकारी दिए ।
२०७० सालबाट निर्माण सुरु भएको आयोजनाको हालसम्म ६७ प्रतिशत काम सम्पन्न भएको छ ।
सन् २०१९ को डिसेम्बरसम्ममा तीन वटै युनिटबाट विद्युत् उत्पादन गर्ने गरी काम भइरहेको आयोजनाले जनाएको छ ।
यो आयोजनाबाट बार्षिक ६ सय १३ दशमलव ८७ गेगावाट युनिट विद्युत् उत्पादन हुने छ ।
सन् २०१७ को अन्त्यसम्ममा काम सम्पन्न गर्ने लक्ष्य राखेको आयोजनाले प्राकृतिक प्रकोप तथा भूकम्पका कारण समयमै काम पुरा गर्न नसकेको हो ।
प्रतिक्रिया दिनुहोस्