प्रधानसेनापतिमा पूर्णचन्द्र थापालाई नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौं।  सरकारले नेपाली सेनाको प्रधानसेनापतिमा पूर्णचन्द्र थापालाई सिफारिस गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो ।

बैठकले बलाधिकृत रथी पूर्णचन्द्र थापालाई २०७५ भदौ २४ गतेदेखि लागू हुने गरी नेपाली सेनाको महारथी पदमा पदोन्नती गरी प्रधानसेनापति पदमा राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

थापालाई नेपालको संविधान २६७ को उपधारा ५ बमोजिम राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।

प्रतिक्रिया दिनुहोस्