मुलुकी ऐनको विरोध गर्ने जितिन लिम्बुमाथि मुद्दा दायर
काठमाडाैं । नयाँ मुलुकी ऐनको विरोध गर्दै सिंहदरबार अगाडि नग्न भएर प्रदर्शन गर्ने जितिन लिम्बुमाथि प्रहरीले मुद्दा दर्ता गरेको छ । भदौ १ गते नयाँ मुलुकी ऐन र गाईलाई राष्ट्रिय जनावरबाट बदरको माग गर्दै सिंहदरबार दक्षिण गेट अगाडि प्रदर्शन गरेका लिम्बुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
लिम्बुलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२२ अनुसार जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको काठमाडौं प्रहरी प्रवक्ता डिएसपी मोहन थापाले जानकारी दिनुभयाे । महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखी लिम्बुमाथि अनुसन्धान अघि बढाइएको छ ।
नयाँ ऐनको १२२ (१) मा भनिएको छ- ‘दश वर्षभन्दा माथिको व्यक्तिले स्वास्थ्य विज्ञान वा चिकित्सासम्बन्धी उपचारको प्रयोजनका लागिबाहेक सार्वजनिक स्थानमा अश्लील क्रियाकलाप वा व्यवहार गर्न वा यौनाङ्ग देखाउन वा कसैलाई अश्लील शब्द बोल्न वा इशारा गर्न हुँदैन ।’ यदि यस्तो गरेको पाइएमा ६ महिना कैद र ५ हजार जरिवाना वा दुवै सजाय हुनसक्ने कानूनी प्रवाधान छ ।
प्रतिक्रिया दिनुहोस्