२० राउन्ड गोलीसहित भारतीय सेनाका कर्मचारी विमानस्थल बाट पक्राउ
काठमाडौं। भारतीय सेनामा कार्यरत एक व्यक्ति त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा गोलीसहित पक्राउ परेका छन्।
चितवनको भरतपुर– १० घर भई काठमाण्डौ सामाखुशी बस्ने वर्ष ४१ को भारतीय सेना आसाम राईफलमा कार्यरत कर्णेल बल बहादुर पुन आइतबार दिउँसो पक्राउ परेका हुन्।
पुन घर विदामा आएको अनुसन्धानमा खुलेको छ। काठमाण्डौबाट पोखरा जाने क्रममा नेपाल प्रहरीको टोली चेकजाँच गर्दा उनको झोलामा प्वाईन्ट टु टु मिमिको राउण्ड २० वटा फेला परेको प्रहरीले जनाएको छ।
महानगरीय प्रहरी वृत्त गौशालाले उनीमाथि कारबाही अघि बढाएको छ।















प्रतिक्रिया दिनुहोस्