नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनीको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौ। सरकारले पदमुक्त गरेसँगै सर्वोच्च अदालतमा न्याय माग्न पुगेकी नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गर्नुको कारण अदालतले माग गरेको छ ।

आफूलाई बर्खास्त गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गर्दै अदालत पुगेकी राजभण्डारीको रिटमाथि न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले सुनुवाई गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

आइतबार न्यायाधीश जबराको एकल इजलासले इजलासले कारण देखाऊ आदेशमात्र जारी गरेको हो ।

आफूलाई अवधि तोकेर प्रतिस्पर्धाबाट नियुक्त गरे पनि सरकारले हटाएको भन्दै राजभण्डारीले पुनर्बहालीको माग गर्दै रिट हालेकी थिइन्।

फोरजी सेवा विस्तार गर्न नसकेको लगायतका कारण देखाएर सञ्चार मन्त्रालयले राजभण्डारीलाई स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरणपछि मन्त्रिपरिषदको साउन २९ गतेको बैठकले पदमुक्त गर्ने निर्णय गरेको थियो।

त्यसविरुद्ध उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई विपक्षी बनाएर सर्वोच्च गएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्