त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै हेलिप्याड बन्ने, यस्तो छ तयारी
काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै हेलिप्याड बनाउने भएको छ । आन्तरिक हेलिकप्टरको कारण एयर ट्राफिक भद्रगोल भएको भन्दै हेलिप्याड रिमोट एप्रोन बनाउने निर्णय गरेको प्राधिकरणका महानिर्देशक संजिव गौतमले जानकारी दिए ।
विमानस्थलको पूर्वतिर हेलिप्याड बनाउने र त्यतैतिर आउनेजाने बनाउने उनले जानकारी दिए ।
उडान तालिका पुनर्विचारदेखि एटिसीको क्षमता अध्ययनसम्म गरेर ट्राफिक व्यवस्थापन गर्ने योजनामा रहेको प्राधिकरणले यो वर्षभित्रै आन्त्रिक एप्रोन र हेलिप्याड निर्माणका लागि टेन्डर गरिसक्ने बताएको छ ।
प्रतिक्रिया दिनुहोस्