रिहा भएलगत्तै अदालत परिसरबाटै पुनः पक्राउ परे प्रकाण्ड ,किन पक्राउ परे?
काठमाडौं– नेकपा (माओवादी) विप्लव समूहका प्रवक्ता खड्बहादुर विश्वकर्मा सर्वोच्च अदालतको आदेशले शुक्रबार रिहा भएसँगै पुन: पक्राउ परेका छन् । प्रहरीले उनलाई सर्वोच्च अदालत परिसरबाट पक्राउ गरेको छ ।
शुक्रबार महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई सर्वोच्च अदालतमा उपस्थित गराएको थियो । चन्दा असुली आरोपमा पक्राउ परेका प्रकाण्डलाई सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशम्शेर जबरा र तेजबहादुर केसीको संयुक्त इजलासले रिहा गर्न आदेश दिएको थियो ।
‘खड्गबहादुर विश्वकर्मालाई पुन: पक्राउ गरिएको छ’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) मोहन थापाले भने, ‘अब जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाउँदै छौं ।’
काभ्रेमा प्रकाण्डको विरुद्ध मुद्दा दर्ता भएको र सोही मुद्दा अनुसन्धानका लागि उनलाई काभ्रे पठाउन लागिएको बताईएको छ ।
प्रतिक्रिया दिनुहोस्