प्रतिनिधिसभा समिति सभापति निर्वाचन मिति फेरि स¥यो, अब कहिले ?
काठमाडौं। प्रतिनिधिसभा अन्र्तगत रहेका समिति सभापतिको निर्वाचन मिति सरेको छ ।
प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा सभामुख कृष्ण बहादुर महराले सभापति निर्वाचन भाद्र १७ गते हुने जानकारी गराएका हुन् ।
सभामुख महराले विशेष कारणले प्रतिनिधिसभा नियमावलीको नियम १ सय ७३ को उपनियम १ बमोजिम समिति सभापतिको निर्वाचन कार्यतालिका सारिएको जानकारी दिए । साथै उनले समितिको सभापति निर्वाचन सम्बन्धी संशोधित सुचना प्रकाशित गर्न प्रतिनिधिसभाका सचिव गोपाल नाथ योगीलाई निर्देशन दिए ।
यसअघि सभापतिको निर्वाचन भाद्र ५ गते मंगलबार ११ बजेका लागि तोकिएको थियो ।
यसैबीच बैठकमा सरकारले भुक्तानी तथा फस्यौट विधेयक २०७५ विधेयक प्रस्तुत गरेको छ । सरकारका तर्फबाट अर्थमन्त्री युवराज खतिवडाले सो विधेयक प्रस्तुत गरेका थिए । विधेयकमाथि कुनै पनि विरोधको सुचना परेका छैनन् ।
अर्कौ बैठक भदौ ४ गते सोमबार १ बजेका लागि बोलाईएको छ ।
प्रतिक्रिया दिनुहोस्