सुन तस्करी प्रकरण: तीन प्रतिवादीलाई थुनामुक्त नगर्न अदालतको आदेश

काठमाडौँ  । सुन तस्करी प्रकरण र सनम हत्या काण्डका तीन प्रतिवादीलाई उच्च अदालत विराटनगरले थुनामुक्त गर्न अस्विकार गरेको छ ।

तस्करी प्रकरणका अभियुक्त तक्ले भन्ने पुण्यप्रसाद लामा, सम्बिरप्रसाद तोलाङ्गे र राजन कुमारलाई अदालतले थुनामुक्त गर्न अस्विकार गरेको हो । उच्च अदालतका मुख्य न्यायाधीश कुलरत्न भुर्तेल र न्यायाधीश उमेशकुमार सिंहको इजलासले लामा र तोलाङगे तथा न्यायाधीश हरिप्रसाद भण्डारी र ऋषीराम दुवाडीको इजलासले बिहीबार अन्तिम आदेश दिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत रहेका लामा र तोलाङगे सुन ओसारपसारमा संलग्न रहेको मुद्दा लागेको छ भने राजन कुमारलाई सनम शाक्यको हत्यामा प्रत्यक्ष संलग्न रहेको अभियोग छ ।

थुनामुक्त भइ मुद्दा लड्न पाउँ भन्दै उनीहरूले दिएको निवेदन उपर बिहिबार अदालतले कारागारमै बसेर मुद्दा लड्न आदेश दिएको हो ।

यी तीनै जना जिल्ला अदालत मोरङको आदेशमा हाल पूर्पक्षका लागि झुम्का कारागारमा छन् ।

प्रतिक्रिया दिनुहोस्