यस कारण सर्यो राष्ट्रियसभा संसदीय समितिको सभापति निर्वाचनको मिति !

काठमाडौं। राष्ट्रिय सभाका विषयतगत(संसदीय) समितिको सभापतिको निर्वाचन गर्ने कार्यतालिकामा हेरफेर भएको छ ।

आजको राष्ट्रियसभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले कारणबस मिति हेरफेर गर्नुपरेको जानकारी दिए ।

भदौ ३ गतेका लागि तालिकासमेत सार्वजनिक गरिएको सभापतिहरुको निर्वाचन भदौ १३ गतेलाई सारिएको छ । सभाध्यक्षको निर्देशन पछि पुनः अर्को कार्यसूची आजै सार्वजनिक गर्ने सचिवालयको तयारी रहेको छ । प्रतिनिधि सभाको समितिहरुको निर्वाचन भने भदौ ५ गते हुँदैछ ।

राष्ट्रिय सभामा रहेका ४ वटा समितिमा नेतृत्व गर्ने सभापतिको निर्वाचन गर्न बिहीबारको राष्ट्रिय सभाको बैठकबाट अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले निर्देशन दिएका हुन् ।

सभापतिको चयन गर्ने कार्यक्रम भदौ तीन गते तय गरिएतापनि प्राविधिक कारण सम्भव नभएपछि सारिएको हो ।

राष्ट्रियसभामा ४ वटा विषयगत समिति छन् । राष्ट्रिय सभा अन्तर्गतका दिगो विकास तथा सुसासन समिति, विधायन व्यवस्था समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति, राष्ट्रिय सरोकार तथा समन्वय समिति रहेका छन । राष्ट्रिय सभाको अर्को बैठक भदौ ४ गते बस्दै छ ।

प्रतिक्रिया दिनुहोस्