राष्ट्रियसभा बैठकः राहत उपलब्ध गराउन सरकारसँग सांसदको माग
काठमाडौँ। राष्ट्रियसभाको आज बसेको बैठकको विशेष समयमा अधिकांश सांसदले बाढीपहिरो र वर्षातले पीडित भएका जनतालाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।
सांसद कालीप्रसाद मल्ल, रमेशप्रसाद यादव र भैरवसुन्दर श्रेष्ठले जाजरकोटका बाढीपीडित जनतालाई राहत उपलब्ध गराउन र आवश्यक स्थानमा पुल निर्माण गरी आवतजावत सहज बनाउर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद धनकुमारी खतिवडाले ललितपुरस्थित रेडियो नेपालको जग्गा कानून विपरीत सम्झौता गरी स्थानीय निकायलाई कुनै खबर नै अरुलाई भाडामा लगाउने कार्य गैरकानूनी रहेको बताइन् ।
सांसद अनिता देवकोटाले स्थानीय सरकारले जथाभावी रुपमा कर असुली गरेको, बिमला राई पौडेलले भूकम्पपीडित जनताको आवास निर्माणमा सरकारको ध्यान नपुगेको र रामप्रीत पासवानले राजधानीका सडकको जीर्ण अवस्था निर्र्माणमा तदारुकता नदेखाएको बताइन् ।
त्यसैगरी सांसद कविता बोगटी, दुर्गाप्रसाद उपाध्याय र नैनकला ओझाले समसामायिक विषयमा सरकारको ध्यानाकर्षण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्