नयाँ संहिता लागू भएपछि भोलीबाट १३ पुराना ऐनहरु खारेज हुने !
काठमाडौँ । कानुन न्याय तथा संसदीय मामला मन्त्रालयले भोली देखि खारेज हुने ऐनहरुको बारे सुचना सार्वजनिक गरेको छ । मुलुकी देवानी संहिता, मुलुकी अपराध संहिता लगायतका संहिताहरु आगामी भदौ १ गते देखि लागू हुने भएको र यी संहिताहरु लागू भएपछि देहायका ऐनहरु खारेज हुने भएकाले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । सुचनामा भनिएको छ ।
खारेज हुने ऐनहरु निम्नानुसार छ :
–नागरिक अधिकार ऐन, २०१२
–गाली र बेइज्जतीको ऐन, २०१६
–भिक्षा माग्ने (निषेध) ऐन, २०१८
–जुवा ऐन, २०२०
–सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९
–केही फौजदारी मुद्दा खारेज गर्ने र दण्ड सजाय मिनाहा दिने ऐन, २०२०
–केही सार्वजनिक (अपराध र सजाय) ऐन, २०२७
–राज्यविरुद्धको अपराध र सजाय ऐन, २०४६
–नेपाल कोर्ट फी ऐन, २०१७
–जासूसी ऐन, २०१८
–मुलुकी ऐन
–विवाह दर्ता ऐन, २०२८
–करार ऐन, २०५६
प्रतिक्रिया दिनुहोस्