करबृद्धि फिर्ता नलिए आन्दोलन गर्ने क्रन्तिकारी माओवादीको चेतावनी
काठमाडौं । सरकारले अस्वभाविक रुपमा करको दायरा बढाएको भन्दै तुरुन्त फिर्ता लिन क्रन्तिकारी माओवादीले माग गरेकाे छ ।
क्रन्तिकारी माओवादीको ओखलढुंगा र सोलुखुम्बु जिल्ला कमिटीले बुधबार ओखलढुंगामा संयुक्त पत्रकार सम्मेलन गर्दै कर वृद्धि फिर्ता नलिए सशक्त आन्दोलनमा उत्रने चेतावनी दिएको हो ।
क्रन्तिकारी माओवादीका ओखलढुंगा जिल्ला सेक्रेटरी रुद्र फुयालद्ववारा हस्ताक्षरित विज्ञप्तिमा समाजमा भैरहेका हत्या, हिसां, बलात्कार जस्ता जघन्य अपराध नियन्त्रण गरी नागरिकको सुरक्षाको प्रत्याभुति गराउन समेत माग गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्