उपभोक्ता संरक्षण विधेयक, २०७५ सर्वसम्मतले स्वीकृत
काठमाडौं । संघीय संसदले उपभोक्ता संरक्षण विधेयक, २०७५ सर्वसम्मतले स्वीकृत गरेको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले प्रस्तुत गरेको उपभोक्ता संरक्षण विधेयक, २०७५ माथि सर्वसम्मतले स्वीकृत भएको हो ।
मन्त्री यादवले प्रस्तुत गरेको बिधेयक माथि आफ्नो धारणा राख्दै सांसदहरुले उपभोक्ता गुणस्तरहीन खाद्यबस्तु प्रयोग गर्न बाध्य भएको भन्दै कानुनको प्रभावकारी कार्यान्वयन गर्न जोड दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्