असई थमन विक हत्या प्रकरण : जलेश्वरका मेयर र राजपाका महासचिव पनि अदालतमा

काठमाडौँ । जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र (शाहीजी) र राजपाका केन्द्रीय महासचिव सुरेश पाण्डेय निवेदनसहित जिल्ला अदालत महोत्तरीमा हाजिर भएका छन । सशस्त्र प्रहरीका असई थमन विकको हत्याको अभियोग लागेका मेयर मिश्र र महासचिव पाण्डेय मंगलबार जिल्ला अदालतमा हाजिर भएका हुन् ।

जिल्ला अदालत महोत्तरीको १ नम्बर इजलासले दुवै आरोपितको बयान लिन सुरु गरिसकेको छ भने बयान सक्नासाथ थुनछेक बहस सुरु हुने जनाएको छ । बहसमा थप दुई अधिवक्ता ज्ञानेन्द्रकुमार लाल कर्ण र देवेन्द्र ठाकुर निरालाले प्रतिवादीको तर्फबाट बहस गर्नेछन् ।

असई विकको हत्यामा आरोपीलाई पक्राउ गर्नका लागि उच्च अदालत जनकपुरले परमादेश जारी दिएको भन्दै दुवैजना अदालत पुगेको रजिष्ट्रार रामान्नदप्रसाद अधिकारीले जानकारी दिए । वादी नेपाल सरकारको तर्फबाट जिल्ला न्यायाधीवक्ता सुदीप दंगाल बहस गर्नेछन् ।

यसअघि सामेबार प्रदेश नं। २ का समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा अदालतमा आत्मसमर्पण गर्दा अदालतले मन्त्री शर्मालाई साधारण तारेखमा रिहा गरेका थिए ।

गएको भदौ २८ गते मधेश आन्दोलनको क्रममा घाइते भएका असई विकलाई उपचारको लागि जनकपुर लैजादा गर्दा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्