चितवनमा शंकास्पद गतिविधिमा संलग्न १२ जना पक्राउ
काठमाडौं । चितवनका विभिन्न स्थानबाट मंगलबार प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ।
शान्ति सुरक्षाका लागि रातिदेखि नै खटिएको प्रहरी टोलीले विभिन्न क्षेत्रमा शंकास्पद गतिविधि गरिरहेका उनीहरुलाई पक्राउ गरेको चितवनका प्रहरी उपरीक्षक शुशिलसिंह राठौरले जानकारी दिए।
केही व्यक्तिहरु गोजीमा ढुंगा, लाइटर बोकेर हिँडेको अवस्थामा, केही बजार बन्द गर्दै हिँडेको अवस्थामा र केही शंकास्पद गतिविधि देखाएकाले पक्राउ गरेर अनुसन्धान गरिरहेको उनले बताए।
उनीहरु विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता हो होइन भन्ने बारेमा भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसैबिच विप्लव नेतृत्वको नेकपाले गरेको बन्दका कारण चितवनको जनजीवन पनि प्रभावित भएको छ। लामो दूरीका सवारी चलेका छैनन्। भने छोटो दूरीका सवारीहरु फाट्टफुट्ट चलेका छन्। स्कुल, शैक्षिक संस्था मुख्य बजार तथा कलकारखानासमेत बन्द छन्।















प्रतिक्रिया दिनुहोस्