टर्कीको आर्थिक संकटका विषयमा अमेरिका र टर्कीबीच विवाद

काठमाडौं  । टर्कीको आर्थिक संकटका विषयमा अमेरिका टर्कीबीच विवाद सुरु भएको छ । अमेरिकाले टर्कीको आर्थिक संकटको कारण राष्ट्रपति डोनल्ड ट्रम्पको निर्णय नभएको स्पष्ट पारेको छ । टर्कीबाट आयात हुने आल्मुनियम र स्टीलको हिस्सा निकै थोरै भएको भन्दै ह्वाइट हाउसले आर्थिक संकटका लागि ट्रम्प प्रशासन जिम्मेवार नरहेको जिकिर गरेको छ ।

अमेरिकाले टर्कीबाट आयात हुने आल्मुनियम र स्टील उत्पादनको आयातमाथि शुल्क बढाएपछि टर्कीका राष्ट्रपति रिसेप तैयप अर्दोगानले अमेरिकाले टर्कीलाई पिठ्यूमा छुरा धसेको अभिव्यक्ति दिनु भएको थियो ।

दुई मुलुकबीचको कूटनीतिक तनावका कारण टर्कीको मुद्रा लीरामा भारी गिरावट आएको छ । जर्मनलीले टर्कीको समर्थन गर्दै उसको अर्थव्यवस्था धरमराउँदा कसैलाई फाइदा नहुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्