वीर अस्पताल रङरोगन: धुर्मुस–सुन्तलीले पठाए ७० लाखको बिल, कहाँ कति खर्च ?

काठमाडौं । वीर अस्पताल सरसफाइ गरेबापत धुर्मुस–सुन्तली फाउन्डेसनले करिब ७० लाखको बिल सरकारसमक्ष पेस गरेको छ । अस्पतालको सरसफाइ र रङरोगन गर्ने क्रममा रकम अभाव भएपछि फाउन्डेसनले सरकारसमक्ष रकमको माग गरेको थियो । सरकारले पनि फाउन्डेसनलाई ७० लाख दिने निर्णय गरेको थियो । सोहीअनुसार फाउन्डेसनले ६९ लाख ८६ हजारको बिल पेस गरेको हो ।

वीर अस्पताल फोहोर भएको भन्दै फाउन्डेसनले २३ वैशाखमा १५ दिने सरसफाइ अभियान सुरु गरेको थियो । सरसफाइका लागि पुगेका उनीहरूले करिब ढेड महिना बसेर अस्पतालमा रङरोगनसमेत गरेका थिए । सरसफाइबारे खेम्स क्लिनिङका खेम शर्मासँग सहकार्य गरेका थिए ।

स्वास्थ्य मन्त्रालयले वीर अस्पताल र ट्रमा सेन्टरमा १५–१५ दिनको सफाइ अभियान चलाउन अन्तर्राष्ट्रिय विमानस्थल र पशुपतिनाथ क्षेत्र सफाइ गरेको खेम्स क्लिनिङका संयोजक खेम शर्मासँग सहकार्य गरेको थियो । नेपाल सरकारका सरसफाइ दूतका नाताले धुर्मुस–सुन्तली स्वःस्पूmर्त रूपमा अभियानमा सहभागी भएका थिए । नयाँपत्रिकाबाट

कहाँ कति खर्च ?
ज्याला खर्च ४३,२२,४००
खाना–खाजा खर्च (मिस्त्री र स्वयंसेवक) १५,०१,२८०
रङ खर्च ३९,६१,३७२
यातायात, फोन, पानी (बिजुली तथा प्लम्बिङका सामानसमेत) १,९३,९५२
जम्मा लागत ९९,७९००४
अनुदान प्राप्त २९,९२६७४
आवश्यक रकम ६९,८६,३३०

प्रतिक्रिया दिनुहोस्