पहिलोपटक काठमाडौंमा चल्ने बसमा एसी र वाइफाइको सुविधा
काठमाडौं। थ्रीफ्ट मल्टिीप्रपोज कम्पनीले बुधबारबाट काठमाडौंमा सुविधासम्पन्न बसहरु सञ्चालनमा ल्याउने भएको छ ।
काठमाडौं उपत्याका पहलिोपटक सार्वजनिक यातायातमा एसीको सुविधा दिन लागिएको हो । बसमा अफलाइन मल्टिमिडियासहित वाइफाइको सुविधा पनि दिइने कम्पनीले जनाएको छ ।
१० वटा बसमध्ये ६ वटाले नयाँबसपार्क-नारायणगोपालचोक-रत्पनपार्क-त्रिपुरेश्वर-कालिमाटी-कलंकी-सितापाइला हुँदै नयाँबानेश्वरमा परिक्रमा गर्नेछन् ।
४ वटा बसहरु भने नयाँबसपार्क-चाहबिल-एपरपोर्ट-तीनकुने-नयाँबानेश्वर-रत्नपार्क आएर सोही रुट भएर फर्किनेछन् ।
स-सना ६० भन्दा बढी ब्यवसायीले पुँजी जम्मा गरेर खोलेको कम्पनीले लगानीको सुआत सार्वजनिक यातायातमार्फत गरेको हो ।
‘हामी सार्वजनिक यातायातलाई सुधार गर्न आएका छौं । अब काठमाडौंका मुख्य रुटमा ठूला र सुविधायुक्त बसहरु ल्याउनुपर्छ ,’ कम्पनीका एक सञ्चालकले भने,’ठूला बसहरुले माइक्रो र मिनीबसमा कोचिएर यात्रा गर्नुपर्ने बाध्यतालाई हटाउन सक्ने आम्रो विश्वास छ ।’
बसमा अपांगलाई दुई वटा ह्वीलचियर राख्ने स्पेश पनि छ । यस्तै उभिएर यात्रा गर्नेका लागि प्रशस्त स्पेश छ ।
‘समृद्धि यातायात’ नाममा सञ्चालनमा आउने १० ठूला बसमा एयर कन्डिसनार (एसी)को सुविधा छ ।
प्रश्स्त स्पेश भएको अपांगमैत्री ४० सिटे बसमा यात्रा गर्न असहज नहुने कम्पनीका सञ्चालकहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्