यी हुन् संसारका १० बस्न लायक शहरहरु, यी देशमा भने खतरा

काठमाडौं । अष्ट्रियाको राजधानी भियनाले अष्ट्रेलियाको मेलबर्नलाई पछि पार्दै संसारको सबैभन्दा बस्न लायक शहरको उपाधि हाँसिल गरेको छ ।

इकोनोमिस्ट इन्टेलिजेन्स युनिटको वैश्विक सर्वेक्षणमा पहिलो पटक कुनै युरोपेली देश यो सूचीको शीर्ष स्थानमा परेको हो ।

राजनीतिक र सामाजिक स्थायित्व, अपराध, शिक्षा र स्वास्थ्यमा जनताको पहुँचको आधारमा एक सय ४० वटा देशबाट यो सूची तयार गरिएको हो ।

गत वर्ष ३५ औं स्थानमा रहेको म्यान्चेस्टर यसवर्ष १६ औं स्थानमा परेको छ ।

द इकोनोमिस्टका अनुसार म्यान्चेस्टरमा सामाजिक सुरक्षाको स्थायित्वका कारण यो देशले एकाएक फड्को मारेको हो ।

यस वर्ष वैश्विक सर्वेक्षणको दोस्रो स्थानमा परेको मेलबर्न विगत सात वर्षदेखि शीर्ष स्थानमा थियो ।

अष्ट्रेलियाका अन्य दुई शहर सिड्नी र एडिलेड शीर्ष १० भित्र पर्न सफल भएको छ ।

यसका साथै, युद्धले क्षतविक्षत सिरिया संसारको सबैभन्दा कम बस्न लायक देशमा सूचिकृत भएको छ । बंगलादेशको ढाका र नाइजेरियाको लागोस पनि यो सूचीमा परेका छन् ।

द इकोनोमिस्टका अनुसार अपराध, गृह युद्ध, आतंकवाद र युद्धका कारण १० शहरलाई बस्नका लागि कम सुरक्षित देशको सूचीमा राखिएको छ ।

संसारभरी बस्न लायक १० देश यस प्रकार छन्ः

१. भियना, अस्ट्रिया

२. मेलबर्न, अष्ट्रेलिया

३. ओसाका, जापान

४. क्यालगरी, क्यानडा

५. सिड्नी, अष्ट्रेलिया

६. भ्यानकोभर, क्यानडा

७. टोकिया, जापान

८. टोरोन्टो, क्यानडा

९. कोपेनहेगन, डेनमार्क

१०. एडिलेड, अष्ट्रेलिया

संसारका कम बस्न लायक शहरहरुः

१. दमास्कस, सिरिया

२. ढाका, बंगलादेश

३. लागोस, नाइजेरिया

४. कराँची, पाकिस्तान

५. पोर्ट मोसर्बी, पपुआ न्यू गिनी

६. हजारे, जिम्बाब्वे

७. त्रिपोली, लिबिया

८. डौला, क्यामेरुन

९. अल्जियर्स, अल्जेरिया

१०. डकार, सेनेगल

प्रतिक्रिया दिनुहोस्