काठमाडौंको नैकापमा बम फेला’, नवलपरासीमा ट्रकमा आगजनी

काठमाडौं।  नेत्रविक्रमम चन्द नेतृत्वको विप्लवले गरेको बन्दको सामान्य प्रभाव परेको भएपनि देशका केही स्थानमा बम विस्फोट र  आगजनीका घटना भएका छन् ।

राजधानीको नैकापमा बम फेला गरेको छ ।  उक्त बम प्रेसर कुकर बम भएको आशंका गरिएको छ र नेपाली सेनाको टोली डिस्फोजका लागि घटनास्थलमा पुग्दै गरेको प्रहरीले जनाएको छ ।

बिहान तरकारी किन्न जाने क्रममा एक स्थानीयले खतरा लेखिएको प्रेसर कुकर भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।  त्यसपछि सो  बम भएको भन्दै स्थानीयबीच खैलाबैखा मच्चिएको थियो ।

यता पूर्वी नवलपरासीको गैंडाकोटमा आज बहिान दुईवटा ट्रकामा  आगजनी भएको छ ।

स्थानीय  भृकुटीचोकमा रोकिएका ना २ ख ८४८७ र ना २ ख २५४८ नम्बरका ट्रकमा आगजनी भएको हो । आगजनीबाट ट्रकमा क्षति पुगेकोे छ ।

प्रतिक्रिया दिनुहोस्