शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगित
काठमाडाैं । प्रतिनिधिसभाले पूर्व सदस्य भरतशम्शेर राणाको निधनमा शोक प्रस्ताव पारित गरेको छ । अाज बसेको प्रतिनिधिसभाको बैठकले नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य भरतशम्शेर राणाको निधनमा शोक प्रस्ताव पारित गरेको हो ।
राणाको साउन २५ गते निधन भएको थियो । गोरखा परिषद्का संस्थापक अध्यक्ष राणा २०१५ सालको पहिलो आम निर्वाचनमा धादिङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
२०१७ सालको ‘कु’ पछि तत्कालीन प्रमुख प्रतिपक्षी पार्टी गोरखा परिषद्लाई भरत शम्शेरले विनाशर्त नेपाली कांग्रेसमा विलय गराएका थिए ।
उनको ९१ वर्षको उमेरमा निधन भएको हो । अर्को बैठक २८ गते सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।
प्रतिक्रिया दिनुहोस्