सिटीको विजयी यात्रा कायमै

म्यानचेस्टर (एजेन्सी) । गए राति इङ्लिस प्रिमियर लिगमा अग्रस्थानमा रहेको म्यानचेस्टर सिटीले वेस्ट ह्यामलाई २–१ ले हराएको छ । सिटीको जितमा मिडफिल्डर डेभिड सिल्भाले निर्णायक गोल गरेका थिए ।

खेलको ४४ औं मिनेटमा वेस्ट ह्यामका एन्जेलो ओग्बोन्नाले गोल गर्दै टोलीलाई आश्चर्यजनक अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा आगमन गर्दै सिटीले दुई गोल फर्कायो ।

खेलको ५७ औं मिनेटमा निकोलस ओटामेन्डीले सिटीका लागि गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए । त्यस्तै केभिन डे ब्रुयनको पासमा खेलको ८३ औं मिनेटमा सिल्भाले गोल गर्दै टोलीको पुरा ३ अंक सुनिश्चित गरे ।

यो जित सिटीको लगातार तेह्रौं जित थियो । सिटी १५ खेलमा ४३ अंकका साथ अग्रस्थानमा छ र प्रतिद्वन्दि म्यानचेस्टर युनाइटेडभन्दा ८ अंकले अगाडि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्