आजदेखि नेपाली सेनाको कमाण्ड पूर्णचन्द्र थापाले सम्हाल्दै

काठमाडौँ  । बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायममुकायम प्रधानसेनापतिका रुपमा आज बिहीबारदेखि नेपाली सेनाको कमाण्ड सम्हाल्दै छन ।

प्रधानसेनापति राजेन्द्र क्षत्रीले सैनिक मुख्यालय जंगी अड्डामा बिहीबार आयोजित विशेष समारोहमा बलाधिकृत रथी थापालाई नेपाली सेना बुझबुझारथ गर्नेछन । प्रधानसेनापतिले आफ्नो कार्यकाल सकिनुभन्दा एक महिनाअघिदेखि बिदा बस्ने परम्पराअनुरुप प्रधानसेनापति क्षत्रीले कमाण्ड हस्तान्तरण गर्न लागेका हुन ।

बलाधिकृत रथी थापाले भदौ २३ गतेदेखि मात्र नेपालको ४३औँ प्रधानसेनापतिको पूर्ण जिम्मेवारी सम्हाल्नेछन । विसं २०१७ भदौ २५ गते लमजुङको गाउँशहरमा जन्मिएका बलाधिकृत थापा विसं २०३६ मा नेपाली सेनाको अधिकृत क्याडेटमा भर्ना भएका थिए ।

प्रतिक्रिया दिनुहोस्