वरिष्ठ चिकित्सकलाई तोकिएको कार्यक्षेत्रमा जान स्वास्थ्य मन्त्री यादवको कडा निर्देशन

काठमाडौं । उप–प्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले तोकिएको कार्य क्षेत्रमा जान वरिष्ठ चिकित्सकहरुलाई कडा निर्देशन दिएका छन् ।

उप–प्रधानमन्त्री यादवले गाउँ तहसम्म दरबन्दी भए पनि वरिष्ठ चिकित्सकहरु नगएको भन्दै असन्तुष्टि व्यक्त गरे। बुधबार शिक्षण अस्पताल महाराजगंजमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नब्बे प्रतिशतभन्दा बढी चिकित्सकहरु काठमाडौं बाहिर जान नचाहेको उल्लेख गर्दै त्यसो नगर्न सचेत पनि गराए ।

उप–प्रधानमन्त्री यादवले स्वास्थ्य सेवालाई गाउँ–गाउँसम्म पु¥याउन वरिष्ठ चिकित्सकहरुले गाउँ–गाउँमा पुगेर आफ्नो सेवा प्रवाह गर्नुपर्ने बताए। उनले सरकारले सबै प्रदेशमा विशेषज्ञ सेवाको व्यवस्था गर्न लागेको जानकारी दिए ।

उप–प्रधानमन्त्री यादवले सरकारी अस्पतालको उपकरणको प्रयोगमा लापरबाही हुने गरेको बताए । उनले शिक्षण अस्पताल महाराजगंजलाई आवश्यक सहयोग उपलब्ध गराउन सरकार प्रतिवद्ध रहेको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्